World

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता | Thu Jun 25

काठमाडौं, असार ११ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गर्नुभयो । संवादका क्रममा उहाँहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको […]

पुरा पढ्नुहोस

चिट्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ | Thu Jun 25

काठमाडौं, असार ११ः सामाजिक सञ्जालको प्रयोग गरी चिट्ठा परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने चिट्ठाको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले […]

पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट | Thu Jun 25

काठमाडौं, असार ११ः राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उहाँले मुलुकको समसामयिक विषयमा छलफल गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा […]

पुरा पढ्नुहोस

आजका तस्वीर | Wed Jun 24

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भजनीस्थित कान्द्रा नदीमा डुङ्गाको यात्रा पुनःसञ्चालन । वर्षायाम सुरु भएसँगै भजनीका नागरिकलाई खेतीपातीका लागि नदीपारि जानुपर्ने भएपछि डुङ्गा सञ्चालन गरिएको हो । कृषि विकास कार्यालय जाजरकोटद्वारा छेडागाड नगरपालिका-११ झार्पामा रु ५० लाखमा निर्माण कार्य सम्पन्न नहर । सो नहरबाट ६० घरधुरीका लागि सिँचाइ सुविधा पुग्नेछ । […]

पुरा पढ्नुहोस

ललितपुर महानगरपालिकाको बजेटः ४ अर्ब ७९ करोड १५ लाख रुपैयाँ | Wed Jun 24

काठमाडौं, असार १०ः देशका स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रत्येक वर्ष असार १० गतेभित्र सवै स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा बजेट पेश गर्ने व्यवस्था छ । यसैबीच ललितपुर महानगरपालिकाले आर्थिक बर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको […]

पुरा पढ्नुहोस

भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए | Wed Jun 24

काठमाडौं, असार १०ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ […]

पुरा पढ्नुहोस

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित | Wed Jun 24

काठमाडौं, असार १०ः विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शैयाको […]

पुरा पढ्नुहोस

दक्षिण अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु | Wed Jun 24

काठमाडौं, असार १०ः दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख […]

पुरा पढ्नुहोस

जोन्सन एन्ड जोन्सन विरुद्ध २ अर्ब डलरको जरिमाना | Wed Jun 24

काठमाडौं, असार १०ः संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिमाना भुक्तानी गर्न आदेश दिएको छ । यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना मागदाबी गरिएको थियो […]

पुरा पढ्नुहोस

मासिक पाँच लाख कमाउने किसानको सुझावः हाम्रै माटोमा केही गरौँ | Wed Jun 24

कास्की, असार १०ः केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको […]

पुरा पढ्नुहोस
1 35 36 37 38 39 531
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्