World

रोजगारीको दीर्घकालीन प्रबन्ध गर्न काङ्ग्रेसको सङ्कल्प प्रस्ताव | Wed Feb 5

काठमाडौं, माघ २२ :प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । काँग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित सो प्रस्ताव सदनमा हिजो दर्ता गराएको हो । प्रस्तावको प्रस्तावकमा सांसद डा डिला सङ्ग्रौला (पन्त) […]

पुरा पढ्नुहोस

प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति सरकार दृढ छः प्रधानमन्त्री ओली | Wed Feb 5

काठमाडौं, माघ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र  सीमित गर्ने कार्य […]

पुरा पढ्नुहोस

भाइरस सङ्क्रमण नियन्त्रणको थप उपाय खोज्दै चीन | Tue Feb 4

काठमाडौं, माघ २१: चीनको उच्च नेतृत्व तहले त्यहाँ फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको प्रयासमा केहि कमजोरी भएको भन्दै थप प्रभावकारी उपाय अवलम्वन गर्न सम्वन्धित निकायलाई आदेश दिएको छ । भाइरस संक्रमणको विषयलाई लिएर बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरो स्थायी समितिको बैठकले राष्ट्रिय आपतकालिन व्यवस्थापन प्रणालीलाई थप मजबुद बनाउनुपर्ने निष्कर्ष निकालेको हो । राष्ट्रपति सि चिन […]

पुरा पढ्नुहोस

केन्याको विद्यालयमा भएको भागदौडमा किच्चिएर १४ जनाको मृत्यु | Tue Feb 4

काठमाडौं, माघ २१: अफ्रिकी मुलुक केन्याको एउटा विद्यालयमा भएको भागदौडमा किच्चिएर १४ जना स्कूले छात्र छात्राहरुको मृत्यु भएको छ । राजधानी नैरोवीको उत्तर-पश्चिम भागमा रहेको प्राथमिक विद्यालयमा विद्यालय छुट्टी भएर घर फर्कनेक्रममा रहेका विद्यार्थीहरुको मृत्यु भएको हो । भागदौडमा च्यापिएर ४० जना भन्दा बढी विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भिर […]

पुरा पढ्नुहोस

प्रमुख जिल्ला अधिकारी विरुद्ध विशेष अदालतमा ५ वटा घुस मुद्दा | Tue Feb 4

काठमाडौं, माघ २१: जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले घुस लिएका ५ वटा मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेको छ । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिएको पुष्टि भएको भन्दै पत्ता लागेका पटके घुसलाई नै बिगो बनाई अख्तियारले छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । साथै अनुगमनमा […]

पुरा पढ्नुहोस

नेपाल बाल सङ्गठनको सबै सम्पत्ति मन्त्रालय मातहत ल्याउन निर्देशन | Tue Feb 4

काठमाडौं, माघ २१: नेपाल बाल सङ्गठनको चल, अचल सम्पूर्ण सम्पत्ति एवं बालबालिकाको संरक्षकत्व यथाशीघ्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले प्रदेशगत र स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको हो । पाँच दशक […]

पुरा पढ्नुहोस

पुराना पुल विस्थापित गर्दै नयाँ बनाउन विकास समितिको निर्देशन | Tue Feb 4

काठमाडौं, माघ २१: प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले मुलुकभर रहेका पुराना पुलहरुलाई विस्थापित गर्दै नयाँ पुल निर्माण प्रक्रिया शुरु गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समिति बैठकले राणनीतिक सडक अन्तर्गत रहेका पुराना पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले हाल […]

पुरा पढ्नुहोस

एमसिसीबारे सुझाव दिन गठित नेकपाको कार्यदलबाट काम शुरु | Tue Feb 4

काठमाडौं, माघ २१: अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा गठित कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको हिजो बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ । आइतबार सम्पन्न नेकपा केन्द्रीय […]

पुरा पढ्नुहोस

शेयर बजारमा सुधारको क्रम जारी | Tue Feb 4

काठमाडौ, माघ: साताको दोस्रो दिन हिजो पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको […]

पुरा पढ्नुहोस

मनाङ मर्स्याङ्दी क्लवको अपराजित यात्रामा पूर्ण विराम | Tue Feb 4

काठमाडौं, माघ २१: शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लवको अपराजित यात्रामा पूर्ण विराम लगाउदै च्यासल क्लवले जित दर्ता गराएको छ । लिग अन्तर्गत हिजो भएको दशौं चरणको दोस्रो दिनको खेल हालसम्म अपराजित रहदै आएको मनाङलाई च्यासलले पराजित गरेको हो । यो पराजय संगै शीर्ष स्थानमा उक्लने र जारी लिग उपाधि […]

पुरा पढ्नुहोस
1 36 37 38 39 40 297
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्