World

डा. खतिवडाद्वारा पद तथा गोपनियताको शपथ तथा पदभार | Wed Mar 4

काठमाडौं, फागुन २१ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित एक विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । त्यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा डाक्टर युवराज […]

पुरा पढ्नुहोस

एसीसी कप क्रिकेटमा नेपालको पहिलो जित | Wed Mar 4

काठमाडौं, फागुन २१ः नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्‍वान्टी कप क्रिकेटमा पहिलो जित निकालेको छ । बैंककमा आज भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । टी-ट्‍वान्टी अन्तर्राष्ट्रियमा […]

पुरा पढ्नुहोस

कोरोनाबाट बच्‍न ‘हात नमिलाउने, नमस्कार गर्ने’ | Wed Mar 4

काठमाडौं, फागुन २१ः नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको चिकित्सकले जानकारी दिएका छन् । ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका […]

पुरा पढ्नुहोस

सुर्खेतको राउटे गल्छेनामा जीप दुर्घटनाः ३ जनाको मृत्यु | Wed Mar 4

दैलेख, फागुन २१ः दैलेखको धरमपोखराबाट सुर्खेत जाँदै गरेको जीप सुर्खेतको राउटे गल्छेनामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका-१५ का खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित | Wed Mar 4

काठमाडौं, फागुन २१ः प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गाैला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य […]

पुरा पढ्नुहोस

औषधी पर्याप्त छः औषधी व्यवस्था बिभाग | Wed Mar 4

काठमाडौँ, फागुन २३: देशमा आधारभूत र अत्यावश्यक औषधिको भण्डारण पर्याप्त रहेको औषधी ब्यवस्था बिभागले जनाएको छ । विश्वव्यापी रुपमै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको समाचारहरु सार्वजनिक भएपछि आवश्यक औषधिको अभाव हुन नदिन सरकारले पहल गरेको हो । औषधी ब्यवस्था बिभागले अहिले बजारमा आवश्यक औषधिको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । कोरोना भाइरसको संक्रमण विश्वका […]

पुरा पढ्नुहोस

दुर्घटनामा ३ जनाको मृत्यु | Wed Mar 4

मोरङ, फागुन २१ः विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नं.को टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई गएराति ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका ६ […]

पुरा पढ्नुहोस

कोरोनाको लाभ कैदीलाई… | Wed Mar 4

काठमाडौं, फागुन २१ः इरानले पछिल्लो समय तीब्र गतिमा बढिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न कैदीहरुको चाप अत्यधिक रहेका जेलहरुबाट ५४ हजार कैदी बन्दीहरुलाई अस्थायी रुपमा मुक्त गरेको छ । कैदीहरुको कोभिड १९ अर्थात् कोरोना परीक्षण गरी संक्रमण नदेखिएकाहरुलाई मुक्त गरिएको जनाइएको छ ।  पाँच वर्षभन्दा बढी सजायँ पाएका सुरक्षा सम्बन्धी कैदीहरुलाई भने मुक्त गरिएको छैन । […]

पुरा पढ्नुहोस

हेम्जा देखी घट्टेखोलासम्मको सडक निमार्णको काममा ढिलाइ | Wed Mar 4

कास्की, फागुन २१ः मध्य पहाडी लोकमार्ग अन्तर्गत पोखराको हेम्जा देखी घट्टेखोला सम्मको सडक निमार्णको काम ढिलो हुँदा स्थानियलाई समस्या भएको छ । लोकमार्गको  दुवैतर्फको जमिन काट्ने, बाटो फराकिलो पार्ने र ढल निमार्णको काम सकिएको भएपनि बिद्य‍ुतका पोल र खानेपानीका पाईप ब्यवस्थित गर्ने काम ढिलो हुँदा सडकनिमार्णका अन्य काम समेत प्रभावित भएको हो । सडक निर्माणको […]

पुरा पढ्नुहोस

राष्ट्रियसभाका नयाँ १८ सदस्यहरुको शपथ | Wed Mar 4

काठमाडौं, फागुन २१ः सङ्घीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ […]

पुरा पढ्नुहोस
1 58 59 60 61 62 366
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्