त्रिभुवन आर्मि क्लबको अग्रता

Tue Jan 21 News , Sports

काठमाडौं, माघ ०७: विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मि क्लबले शहीद स्मारक ए डिभिजनमा पाचौं खेल जित्दै अंक तालिकामा तीन अंकको स्पष्ट अग्रता बनाएको छ । लिग अन्तरगत हिजो भएको सातौं चरणको खेलमा च्यासल युथ क्लवलाई ३-० गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमै रहन सफल आर्मीले ७ खेलमा १६ अंक बनाएको छ । यो जीतले आर्मीलाई लिग उपाधिको दावेदार टोलीहरु साविकको विजेता मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लवसंगको अंक दूरी पनि बढाएको छ । आर्मीलाई पछ्याइरहेका मच्छिन्द्र र मनाङको १३ अंक छ । हिजोको खेलमा आर्मिका लागी कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । खेलमा आर्मिका लागी सुरुवाति अग्रता दिलाएका भरत खवास म्यान अफ दि म्याच घोषित भए । हिजो नै भएको अर्को खेलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाडेको छ । संकटा ९ अंक बनाउदै सातौं स्थानमा परेको छ भने ८ अंक जोडेको ब्रिगेड व्याइज नवौं स्थान पर्न सफल भएको छ । यो संगै जारी लिगमा सातौं चरणका सबै खेलहरु सकिएको छ । सातौं चरणको समाप्ति सम्म आइपुग्दा एपिएफ क्लवका आशिस लामाले च्यासलका सन्तोष साहुखलको गोल संख्या संग बराबरी गरेका छन् । दुबै जनाले समान पाँच-पाँच गोल गरेका छन् । यसैगरी हालसम्म लिगमा १० ओटा रातो कार्ड देखाइएको छ । लिगको आठौं चरण भोलीबाट सुरु हुने कार्यक्रम छ ।।

Leave a comment

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE