नेपाल-भारतबीचका थाती रहेका विषय कूटनीतिक संवादबाट -प्रम

Wed Jan 22 News , Politics

काठमाडौं, माघ ०८:प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सार चौकीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा दिँदै स्वागत गर्न तत्पर रहेको पनि बताउनुभयो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने कार्यक्रम मिलाउने बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडौँबाट र भारतीय पंधानमन्त्री मोदीले नयाँदिल्लीबाट हिजो एकै साथ भिडियो कन्फ्रेन्सका माध्ययमबाट ‘स्वीच अन’ गरि एकीकृत भन्सार जाँचचौकी शुभारम्भ गर्नुभएको हो ।।

Leave a comment

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE