सुनकोशी–तेस्रो विद्युत् आयोजना निर्माण प्रक्रियाको अन्तिम चरणमा

Wed Jan 22 Business , News

काठमाडौं, माघ ०८:सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउने तयारी गरेका छन् । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि गत कात्तिक पहिलो सातादेखि प्रक्रिया शुरु गरिएको हो । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।  जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो ।।

Leave a comment

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE