चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने सरकारको तयारी

94
प्रम चनिया मन्त्री भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने बताउनुभएको छ । चीनका उपविदेशमन्त्री वाङ याजुनसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भएकाले यो सन्धिमार्फत नेपालले समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहेको प्रस्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चीन फिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको छ । दुइ देश बीचको सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण आवश्यक भएको बताउदै  प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो। सो अवसरमा उपविदेशमन्त्री वाङले गत महीना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामका बारेमा सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्न चीन आतुर छ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here