नेकपाको बैठकमा मुलुकको समसामयिक राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध बारे छलफल

504
नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकमा मुलुकको समसामयिक राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध बारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध र विद्मान राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनु भएको र अन्य विषयमा छलफल भए पनि टुंगोमा नपुगेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भोलि दिउँसो २ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ । भोलिको बैठकले सांगठनिक संरचना लगायतका विषयमा टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here