News , Province

नेपाल टेलिभिजनको दैनिक समाचार साङ्केतिक भाषामा पनि

Thu Feb 13

काठमाडौं, फागुन १: नेपाल टेलिभिजनले आफ्नो नियमित समाचार बुलेटिनमा बिहिवारदेखि साङ्केतिक भाषामा पनि समाचार प्रसारण गर्न शुरु गरेको छ ।

एनटिभी न्यूजको दैनिक रुपमा विहान ७ बजे प्रसारण हुने समाचार बुलेटिनमा बिहिवारदेखि साङ्केतिक भाषाको पनि प्रयोग गर्न थालिएको हो । नेपाल टेलिभिजनले २०५३ सालदेखि साप्ताहिक रुपमा हरेक शनिवार दिउँसो १ बजे सांकेतिक भाषामा एउटा समाचार बुलेटिन प्रसारण गरिरहेको छ ।

यसैगरी विभिन्न विशेष अवसरहरुमा पनि समाचार बुलेटिनका साथमा साङ्केतिकरण गर्दैआइरहेको छ । अब भने यसलाई नियमित गर्दै दैनिक रुपमा विहान ७ बजेको मुख्य बुलेटिनलाई पनि सांकेतिकरण गर्न लागिएको हो ।

नेपाल टेलिभिजनको पहुँच सबै वर्ग र समुदायमा पुर्याईनु पर्छ भन्ने राष्ट्रिय दायित्व बोध गर्दै नेपाल टेलिभिजनले श्रबण शक्ति गुमाएकाहरुलाई लक्षित गरी सांकेतिक भाषामा दैनिक समाचार प्रसारण आरम्भ गरेको हो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्