Business

सत्चालीस जनालाई श्रम स्वीकृति | Sat Jul 4

काठमाडौं, असार २०ः सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो । […]

पुरा पढ्नुहोस

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता (भिडियो) | Sat Jul 4

काठमाडौं, असार २०ः राष्ट्रपति विध्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिसँगको भेटघाट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रीहरुलाई प्रधानमन्त्री बालुवाटार बोलाउनुभएको छ । मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि नबोलाइ समसामयीक राजनीतिक विषयमा छलफल गर्न बोल्लाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी […]

पुरा पढ्नुहोस

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैनः व्यवसायी महासङ्घ | Sat Jul 4

काठमाडौं, असार २०ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज […]

पुरा पढ्नुहोस

सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल | Sat Jul 4

काठमाडौं, असार २०ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताउनुभयो […]

पुरा पढ्नुहोस

आजका उत्कृष्ट सात तस्वीर | Sat Jul 4

पानीको जोहोः भेरी नगरपालिका-१० आलीका सर्वसाधारण भेरी नदीको फोहोर पानी पिउनका लागि बोकेर ल्याउँदै । शहीदगेटको प्रारुपः जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप । पुल नबन्दा समस्याः कर्णाली राजमार्गको नाग्म गमगडी सडकखण्डको हिमा गाउँपालिकास्थित महाबैपाथर खोलामा पुल नभएपछि सवारी साधन पार गराइदै। निर्माणाधीन विमानस्थलः पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तीव्र रुपमा […]

पुरा पढ्नुहोस

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड | Sat Jul 4

काठमाडौं, असार २०ः एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक […]

पुरा पढ्नुहोस

खोकनामा प्रहरी र स्थानीयवासी झडप | Sat Jul 4

ललितपुर, असार २०ः ललितपुर महानगरपालिका-२१ खोकनामा प्रहरी र स्थानीयवासी झडप भएको छ । तराई मधेश जोड्ने दु्रतमार्गको जिरो किलोमिटर परियोजना आसपासको बाँझो जमीनमा स्थानीयवासीले खेती गर्न थालेसँगै प्रहरी र स्थानीयवासीबीच विवाद भएको हो । आज भएको झडपमा दुवैतर्फका केही व्यक्ति घाइते पनि भएका छन् । करीब एक हजार ५०० देखि दुई हजार महिलासहित बालबालिका भएका स्थानमा […]

पुरा पढ्नुहोस

महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह | Sat Jul 4

काठमाडौं, असार २०ः विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल […]

पुरा पढ्नुहोस

अमेरिकासँग वार्ता असान्दर्भिकः उत्तर कोरिया | Sat Jul 4

काठमाडौं, असार २०ः उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले बताउनुभएको छ । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई […]

पुरा पढ्नुहोस

सलहबाट मकै बालीमा रु पाँच करोड क्षति | Sat Jul 4

अर्घाखाँची, असार २०ः जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण […]

पुरा पढ्नुहोस
1 2 3 515

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्