Business

अमेरिकाले विश्व स्वास्थ्य संगठनसंग सम्वन्ध तोड्यो! | Sat May 30

काठमाडौं, जेठ १७ः अमेरिकाले विश्व स्वास्थ्य संगठनसंगको सम्वन्ध अन्त्य गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस कोभिड-१९को महामारीमा चीनको पक्षपोषण गरेको र उसैको कठपुतली बनेको आरोप लगाउदै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य संगठनसंगको सबै सम्वन्ध समाप्त भएको घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनमा सम्पूर्ण रुपमा चीनको नियन्त्रण रहेकोपनि […]

पुरा पढ्नुहोस

दशगजामा रहेका सबै संरचना हटाउन तत्काल पहल गर्न निर्देशन | Sat May 30

काठमाडौं जेठ १७ः प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सीमा क्षेत्रको दशगजामा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार बसेको समिति बैठकले अन्तराष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न निर्देशन दिएको हो । बैठकले […]

पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीमा कोरोना जोखिमः ५ जिल्लामा १० जनामा संक्रमण | Sat May 30

काठमाडौं जेठ १७ः कोभिड-१९ को संक्रमणबाट जोगिन सबै जना घर भित्रै बसिरहेका बेला स्वास्थ्यकर्मीहरु भने अग्रपङ्तिमा रहेर संक्रमितको उपचारमा जुटिरहेका छन् । संक्रमितको स्याहारमा जुटिरहेका उनीहरु आफैं भने संक्रमणको उच्च जोखिममा छन् । कोरोना संक्रमण बढेसंगै स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आबश्यक सतर्कता अपनाउन अपिल गरेको छ । शनिवारविहान सम्म झण्डै १० […]

पुरा पढ्नुहोस

विदेशमा रहेका को-को नेपाल आउन सक्ने? तोकिए यी नाका | Sat May 30

काठमाडौं, जेठ १७ः सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो । ती नागरिकलाई हवाई र स्थलमार्ग हुँदै नेपाल ल्याइने छ । विदेशमा रहेका नेपाल आउनुपर्ने स्थलगत मार्ग हुदै आउँदै […]

पुरा पढ्नुहोस

भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन चेतावनीः डब्लुएचओ | Fri May 29

काठमाडौं, जेठ १६ः विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ । डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भएकोले नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको […]

पुरा पढ्नुहोस

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा | Fri May 29

काठमाडौं, जेठ १६ः सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्‍मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरिएको उल्लेख छ । सरकारले आगामी फागुनमा गण्डकी […]

पुरा पढ्नुहोस

जेठ २१ देखि निजी विद्यालयमा भर्ना | Fri May 29

काठमाडौं, जेठ १६ः सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय […]

पुरा पढ्नुहोस

विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन कार्ययोजना पारित | Fri May 29

काठमाडौं, जेठ १६ः कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर […]

पुरा पढ्नुहोस

आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको कांग्रेसको ठहर | Fri May 29

काठमाडौं, जेठ १६ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार ल्याएको आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको असामान्य अवस्थामा पनि सरकारले सामान्य बजेट ल्याएको भन्दै बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको हो । कोरोना नियन्त्रण रोकथाम र यसबाट […]

पुरा पढ्नुहोस

लामो लकडाउनले अलपत्र परेका हुम्लीहरुको उद्दार | Fri May 29

मुगु, जेठ १६ः लकडाउन लम्बिदै गएपछि नेपालगञ्ज, काठमाण्डौ र सूर्खेत जस्ता ठाँउहरुमा अध्ययन उपचारलगाएतका विभिन्न कामले शहरतिर बसेका २ सय ९४ जना हुम्लीको उद्दार गरिएको छ । विभिन्न कामले जिल्ला बाहिर बस्तै आएका हुम्लीहरु कोभिड १९ को संक्रमण बाट बच्न र बचाउन देशमा गरिएको लामो लकडाउनका कारण अलपत्र परेका थिए । हुम्लामा मोटर पुगि नसकेकाले विभिन्न […]

पुरा पढ्नुहोस
1 14 15 16 17 18 462
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्