Business

| Mon Feb 17

काठमाडौं, फागुन ०५:राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य […]

पुरा पढ्नुहोस

महरालाई अदालतको सफाइ | Mon Feb 17

काठमाडौ, फागुन ०५:पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो । जिल्ला अदालत काठमाडौँले महरा विरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‍ पीडित भनिएकी महिला रोशनी शाहीले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएको स्रेस्तेदार […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा विद्युत प्रणालीलाई भूमिगत गर्ने कार्यको शुभारम्भ | Mon Feb 17

प्रधानमन्त्री के पी शर्मा ओलीले काठमाडौं उपत्यकाका दुई वटा वितरण केन्द्र महाराजगञ्ज र रत्नपार्क केन्द्रबाट वितरित विद्युत प्रणालीलाई भूमिगत गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत, र स्वचालित गर्ने कार्य अन्तर्गत् प्रधानमन्त्री ओलीले काठमाडौं महाराजगंजबाट सो कार्यको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले […]

पुरा पढ्नुहोस

चीनबाट फर्काइएका र आभिभावकहरु क्वारेन्टाइनमा भएको व्यवस्था प्रति सन्तुष्ट | Mon Feb 17

काठमाडौं, फागुन ५ः चीनको हुवेइ प्रान्तमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण वुहान शहरमा फसेका १७५ जना नेपालीहरुलाई सरकारले उद्धार गरी शनिवार स्वदेश ल्याएको छ । एक हजार बढीको ज्यान लिइसकेको भाइरसबाट त्रसित बन्दै विदेशीभूमीमा घरभित्रै थुनिएर बसेका नेपालीहरु स्वदेश फर्कन पाएकोमा निकै खुसी भएका छन् । एक हजार भन्दा बढीको ज्यान लिइसकेको र दुई दर्जन […]

पुरा पढ्नुहोस

कानून मन्त्रीमा डा तुम्बाहाम्फे नियुक्त | Mon Feb 17

काठमाडौं, फागुन ०५: नेकपाकी नेतृ  एवं भूतपूर्व उपसभामुख डा‍ शिवमायाँ तुम्बाहाम्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त हुनु भएको छ । उहाँले आजै सपथ लिनुहुने कार्यक्रम छ । प्रतिनिधि सभाको सभामुख निर्वाचन प्रकृयामा उहाँले उपसभामुख पदबाट राजिनामा दिनुभएको थियो । संघीय  समाजबादी पार्टी सरकारबाट बाहिरिएपछि कानून मन्त्रालयको नेतृत्व खाली थियो ।।

पुरा पढ्नुहोस

असारसम्म मेलम्चीको पानी ल्याउन चुनौति – सुशासन समिति | Mon Feb 17

काठमाडौं, फागुन ०५:राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले असार मसान्तसम्म मेलम्ची खानेपानी भित्राउन चूनौति देखिएको निष्कर्ष निकालेको छ । समिति सभापति तारादेवी भट्ट सहितको टोलीले सुन्दरीजलस्थीत मेलम्ची आयोजनाको स्थलगत निरिक्षण गर्दै असार मसान्तसम्म मेलम्ची खानेपानी भित्राउन चूनौति देखिएको जनाएको हो । समितिका सभापति तारादेवी भट्टले आयोजनाको पानी वितरणमा हुन सक्ने समस्या र सुधारबारे पनि […]

पुरा पढ्नुहोस

१८ बर्षसम्म पनि बनेन मंगलसेन दरवार | Mon Feb 17

काठमाडौ, फागुन ०५: अछामको मंगलसेन दरवार ध्वस्त भएको १८ बर्ष विति सक्दा पनि पुननिर्माणको काम पूरा हुन सकेको छैन । २०५८ साल फागुन चार गते तत्कालिन नेकपा माओवादी पक्षबाट गरिएको आक्रमणमा मंगलसेन दरवार ध्वस्त भएको थियो । त्यसपछि अछाम जिल्लामा दुई दर्जन भन्दा बढी सरकारी कार्यालयका भवन बनी सकेपनि एैतिहासीक मंगलसेन दरवार हालसम्मबन्न सकेको छैन […]

पुरा पढ्नुहोस

चुहावट रोक्दा १० अर्ब जोगियो | Mon Feb 17

काठमाडौं, फागुन ०५:नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने १० अर्ब रुपैयाँ बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको हो । चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ । आव २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको […]

पुरा पढ्नुहोस

सरकारको २ बर्षे कार्यकाल परिणाममुखी भएन – नेपाली काँग्रेस | Mon Feb 17

काठमाडौं, फागुन ०५:प्रमुख प्रतिपक्षि दल नेपाली काँड्ग्रेसले बर्तमान सरकारले २ बर्षको अबधिमा परिणाममुखी ढंगले कार्य गर्न नसकेको जनाएको छ। पार्टी कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले २ वर्षको अबधिमा सरकारले भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण गर्न नसकेको बताउनुभयो । काङ्ग्रेसले दुई वर्षको अबधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको प्रष्ट पार्नुहुँदै उहाँले […]

पुरा पढ्नुहोस

एक इन्च पनि नेपाली भूमि मिच्न दिन्नौं : उपप्रधानमन्त्री पोखरेल | Mon Feb 17

काठमाडौं, फागुन ०५: उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताउनुभयो । सरकारले पहिलोपटक भारतसँग […]

पुरा पढ्नुहोस
1 17 18 19 20 21 297
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्