Business

सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन स्वास्थ्य मन्त्रालयकोआग्रह | Fri Apr 10

काठमाडौं, चैत्र २८ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताउनुभयो । उहाँले गत […]

पुरा पढ्नुहोस

रोजर फेडररबाट विम्वल्डनलाई भावपूर्ण पत्रः आशावादी रहन समर्थकहरुलाई अपिल | Fri Apr 10

काठमाडौं, चैत्र २८ः विश्वभर कोरोनाभाइरस कोभिड-१९ को महामारीका कारण असहज अवस्था उत्पन भएकाबारे चर्चित टेनिस खेलाडी रोजर फेडेररलले लेखेको एउटा भावनात्मक पत्र विम्बल्डनले प्रकाशित गरेको छ । आठ पटक विम्बल्डन टेनिस प्रतियोगिता र २० पटक अन्य ग्राण्ड स्लाम उपाधिहरू जितिसकेका स्वीस टेनिस स्टार फेडेररले आफ्ना समर्थकहरूलाई कोभिड-१९ का कारण यो वर्षको विम्बल्डन प्रतियोगिता स्थगित हुन […]

पुरा पढ्नुहोस

सुदूरपश्चिममा कोरोनाका शङ्कास्पद १२५५ व्यक्तिको नमूना सङ्कलनः १८७ नमूना नेगेटिभ | Fri Apr 10

काठमाडौं, चैत्र २८ः कोभिड-१९ को बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिनुभयो । प्रदेशमा एक महिला र तीन पुरुष गरी […]

पुरा पढ्नुहोस

ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने | Fri Apr 10

काठमाडौं, चैत्र २८ः तेल उत्पादन गर्ने विश्वका प्रमुख राष्ट्रहरुको संगठन ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने सहमति जनाएका छन् । सदस्य राष्टहरुबीच हिजो भएको भिडियो कन्फरेन्सका क्रममा कोभिड-१९ को विश्वव्यापी प्रभावका कारण तेलको खपत घटिरहेकोले उत्पादन पनि कम गर्ने सहमति भएको हो । यसअघी उत्पादन सिमित गर्ने विषयमा कुरा नमिल्दा रुस र साउदी अरेवियाबीच […]

पुरा पढ्नुहोस

जारी लकडाउनका कारण कुखुरा व्यवसाय नराम्ररी प्रभावित | Fri Apr 10

काठमाडौं, चैत्र २८ः ‘ह्याचरी’व्यवसायीहरुले हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ भने हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । दुई साताको लकडाउनले मात्र नभएर बिगत दुई वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् […]

पुरा पढ्नुहोस

कोभिड-१९ बाट प्रभावित यूरोपेली सदस्य राष्ट्रहरुलाई सहयोग गर्न इयूको ५ खर्व यूरोको आर्थिक प्याकेज | Fri Apr 10

काठमाडौं, चैत्र २८ः यूरोपेली मुलुकहरुको साझा संगठन यूरोपेली संघ इयूले कोभिड १९ बाट प्रभावित आफ्ना सदस्य मुलुकहरुको सहयोगका लागि ५ खर्व यूरो बराबरको राहत प्याकेज ल्याउने भएको छ । इयूको मुख्यालय रहेको बेल्जियमको राजधानी ब्रसेल्समा भएको इयू सदस्य राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले कोभिडको सङ्क्रमणबाट धेरै प्रभावित मुलुकहरुलाई राहत उपलव्ध गराउन आर्थिक प्याकेज ल्याउने सहमति गरेको हो […]

पुरा पढ्नुहोस

कर्मचारीहरूलाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन | Fri Apr 10

काठमाडौं, चैत्र २८ः सरकारले कोभिड-१९ को संक्रमण फैलिन नदिन घोषित देशव्यापी ‘लकडाउन’लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई सर्कुलर जारी गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन दिएको हो । लकडाउनसँगै अत्यावश्यक […]

पुरा पढ्नुहोस

भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र विश्वविद्यालयका उपकुलपतिहरुबीच छलफल | Fri Apr 10

काठमाडौं, चैत्र २८ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइन प्रणालीमार्फत् शिक्षा प्रदान गर्ने विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्नुभएको छ । भिडियो कन्फरेन्समार्फत मन्त्री पोखरेलले त्रिभुवन, सुदूरपश्चिम, काठमाडौँ, मध्यपश्चिम, पोखरा, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गर्नुभएको हो । मन्त्री पोखरेलले हालको विषम स्थितिमा विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका […]

पुरा पढ्नुहोस

भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा | Thu Apr 9

काठमाडौं, चैत्र २७ः कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी […]

पुरा पढ्नुहोस

सिनेटर बर्नी स्यान्डर्सद्वारा उम्मेदवारी त्यागेको घोषणा | Thu Apr 9

काठमाडौं, चैत्र २७ः सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ । कोरोनाभाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिनुहुने […]

पुरा पढ्नुहोस
1 2 3 4 379
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्