Business

भारतसँग सीमा जोडिएका रुपन्देहीका सबै पालिकाहरुमा आवागमन पूर्णरूपमा बन्द | Thu May 14

रुपन्देही, जेठ १ः भारतसँग सीमा जोडिएका रुपन्देहीका सातवटा पालिकाहरूमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती स्थानिय तहमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको संयुक्त बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने […]

पुरा पढ्नुहोस

एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ, यसअघि जारी भएका सबै ई-पास खारेज | Thu May 14

काठमाडौं, जेठ १ः गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास आज देखि लागू हुने गरी खारेज गरेको छ । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा […]

पुरा पढ्नुहोस

‘आर्थिक पुनःउत्थान र कृषि क्षेत्रमा आगामी बजेट केन्द्रित’ | Thu May 14

काठमाडौं, जेठ १ः अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाले स्वास्थ्य पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । रोग र भोकसँग लड्नुपर्ने […]

पुरा पढ्नुहोस

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर | Thu May 14

काठमाडौं, जेठ १ः नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गतसाता भारतले सो क्षेत्रमा सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक क्षेत्र र […]

पुरा पढ्नुहोस

भक्तपुरमा घरबाहिर निस्कन निषेध | Thu May 14

काठमाडौं, जेठ १ः सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ पाण्डेले जिल्लामा […]

पुरा पढ्नुहोस

थप दुइ जना कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज संङख्या ३५ पुग्यो / | Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना संक्रमित थप दुइ जनाको कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । बुटबल अस्पतालमा उपचार गराइरहेका २५ वर्षिय पुरुष र चितवनको ६३ वर्षिय महिला डिस्चार्ज भएका हुन् । उनीहरुको अन‍्तिम नतिजा नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो । यो सँगै घर फर्कनेको संङख्या ३५ पुगेको छ । यस्तै आज बांके र कपिलवस्तुका एक/एक […]

पुरा पढ्नुहोस

बरमझियाका पेडा व्यवसाय सङ्कटमा | Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ । नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् । लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन […]

पुरा पढ्नुहोस

ईपीएलका लागि प्रशिक्षण प्रोटोकल जारी, प्रशिक्षणमा एक साथ पाँच खेलाडीले मात्र खेल्न पाउने | Wed May 13

काठमाडौं, वैशाख ३१ः इङ्लिश प्रिमियर लिग ईपीएलले लिगमा आबद्ध फुटबल क्लबहरूको पहिलो चरणअन्तर्गतको प्रशिक्षण शुरू गर्ने सम्बन्धमा आधिकारिक प्रोटोकल जारी गरेको छ । कोरोनाभाइरस महामारीका कारण ईपीएल मार्च १३ देखि अवरुद्ध छ र जारी सिजनअन्तर्गत ९२ वटा खेल बाँकी रहेको छ । मंगलबार ईपीएलमा आबद्ध क्लबका खेलाडी तथा व्यवस्थापकहरूलाई पठाइएको प्रोटोकलका अनुसार पहिलो चरणको प्रशिक्षण शुरू […]

पुरा पढ्नुहोस

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण | Wed May 13

काठमाडौं, वैशाख ३१ः नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति […]

पुरा पढ्नुहोस

अमेरिकापछि रुसमा कोरोना संक्रमणको उच्च दर, भारतको महाराष्ट्रमा एक हजारभन्दा बढी प्रहरी पनि संक्रमित | Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना भाइरस संक्रमणबाट विश्वमा संयुक्त राज्य अमेरिकापछि रुस दोस्रो उच्च संक्रमण दर पुष्टि भएको देश बनेको छ । रुसमा हालसम्म २ लाख ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । गएको २४ घन्टामा मात्रै रुसमा १० हजार ९ सय जनामा संक्रमण पुष्टि भएको छ । रुसमा विगत दश दिनदेखि लगातार दैनिक […]

पुरा पढ्नुहोस
1 25 26 27 28 29 451
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्