Business

आवश्यक परेमा सैन्यफौज परिचालन गरी सीमा रक्षा गर्ने भारतीय प्रधानन्त्रीको भनाइ | Sat Jun 20

काठमाडौं, असार ०६ः भारतले आवश्यक परेमा सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । गत सोमबार विवादित सीमाक्षेत्रमा चिनियाँ सैन्यफौजसँग भएको हिंसात्मक भीडन्तका क्रममा आफ्ना २० जना सैनिकहरू मारिएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । भारतीय सीमाभित्र कोही पनि विदेशी सैनिकहरू नभएको र कत्ति पनि भूमि पनि […]

पुरा पढ्नुहोस

अनियमितता भएको भन्दै खगेन्द्र नवजीवन केन्द्रमा तालाबन्दी | Sat Jun 20

काठमाडौ‌, असार ०६ः गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं २०२६ मा स्थापित केन्द्रमा अपारदर्शिता बढ्न थालेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताउनुभयो […]

पुरा पढ्नुहोस

मनसुनजन्य विपद् रोक्न आवश्यक तयारीमा जुट्यो गृह मन्त्रालय | Sat Jun 20

काठमाडौं, असार ०६ः गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा हिजो मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । बैठकमा […]

पुरा पढ्नुहोस

सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह | Sat Jun 20

काठमाडौं असार ०६ः सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को हिजो बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च […]

पुरा पढ्नुहोस

क्यान्सर पीडित वृद्धले जिते कोरोना | Fri Jun 19

चितवन, असार ०५ः क्यान्सर रोगको उपचार गरेर भारतबाट फर्कने क्रममा कोरोनाको सङ्क्रमण देखिएको एक वृद्धले कोरोनालाई जित्न सफल हुनुभएको छ । उहाँसँगै उहाँकी श्रीमतीले पनि कोरोना जित्नुभएको छ । भरतपुर महानगरपालिका–६ केसरवागका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धाले कोरोनालाई जित्न सफल हुनुभएको जनाइएको छ । सङ्क्रमणमुक्त भएसँगै दुवै जना आज भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् […]

पुरा पढ्नुहोस

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेलधुरामा निषेधाज्ञा लागु | Fri Jun 19

डडेलधुरा, असार ०५ः डडेलधुरामा आज दिउँसो तीन बजेदेखी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । कोरना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर नै  निषेधाज्ञा लागु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले वताउनुभयो । लकडाउन खुकुलो भएसँगै डडेल्धुरा बजारमा मानिसको आवतजावत […]

पुरा पढ्नुहोस

बरामद सुन गायब भएपछि ….. | Fri Jun 19

काठमाडौ‌, असार ०५ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार गत पुस ११ गते अवैधरुपमा चीनबाट ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालसहितले आपसमा बाँडफाँड गरी लिएको अनुसन्धानबाट खुलेको छ । टिमुरेका प्रहरी हवल्दार […]

पुरा पढ्नुहोस

अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिडडुल गर्न पूर्णत: निषेेध | Fri Jun 19

काठमाडौं, असार ०५ः कोरोना भाइरस फैलिन नदिन नेपाल सरकारले कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिडडुल गर्न पूर्णत: निषेेध गरेको छ । बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७ जारी गर्दै गृह मन्त्रालयले रातको समयमा हिंडडुल निषेध गरेको हो । त्यसैगरी विवाह, मृत्युसंस्कार, चाडपर्व, पूजापाठ अत्यावश्यक सामाजिक तथा सांस्कृतिक कार्यक्मर गर्नै […]

पुरा पढ्नुहोस

धानको समर्थन मूल्य निर्धारण | Fri Jun 19

काठमाडौं, असार ०५ः सरकारले पहिलो पटक बाली लगाउनुपूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७७-०७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम […]

पुरा पढ्नुहोस

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री | Fri Jun 19

काठमाडौं, असार ०५ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताउनुभएको छ । मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध […]

पुरा पढ्नुहोस
1 27 28 29 30 31 515

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्