Business

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए | Sat Jul 11

काठमाडौं, असार २७ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप […]

पुरा पढ्नुहोस

जनताको विश्वास कसैले चुकाउनु हुँदैनः अध्यक्ष दाहाल | Sat Jul 11

चितवन, असार २७ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ […]

पुरा पढ्नुहोस

काजखस्तानको निमोनिया कोभिड १९ हुनसक्छः विश्व स्वास्थ्य संगठन | Sat Jul 11

काठमाडौं, असार २७ः विश्व स्वास्थ्य संगठनले काजखस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड-१९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजखस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिनुभएको […]

पुरा पढ्नुहोस

कोभिड-१९ः जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको अपिल | Sat Jul 11

काठमाडौं, असार २७ः विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी […]

पुरा पढ्नुहोस

आजका सात विश्व तस्वीर | Sat Jul 11

पश्चिम फ्रान्सको पुरानो शहर सेन्ट-मालोस्थित समुन्द्री तटमा पर्यटकहरुको चहलपहल मालीको राजधानी बामाकोमा सरकार विरोधी प्रदर्शन किस्टोन, एसडी नजिकैको माउन्ट रश्मोर राष्ट्रिय स्मारकको भ्रमणका क्रममा मुस्कुराउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रूसको मस्कोस्थित पुष्किन स्टेट संग्रहालयमा रहेका कलाकृतिहरूको तस्बिर लिंदै एक पर्यटक चीनको गुवाङ्सी झुआङ क्षेत्रको रोंगसुईमा नाउमा फसेकाहरुलाई उद्धार गर्दै गरेको हवाई तस्वीर उत्तरी चीनको हुवाई […]

पुरा पढ्नुहोस

कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु, ७० जना नयाँ सङ्क्रमित थपिए (भिडियो) | Sat Jul 11

काठमाडौं, असार २७ः पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं […]

पुरा पढ्नुहोस

विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गर्न सरोकारवालाहरुलाई प्रधानमन्त्रीको निर्देशन | Sat Jul 11

काठमाडौं, असार २७ः प्रधानमन्त्री के पी शर्मा ओलीले विपद् व्यवस्थापन तथा उद्धारका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् जोखिम न्युनीकरण परिषद्को चौथो बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । बैठकमा हालसम्म गरिएका काम र आगामी दिनमा आउन सक्ने विपद्का सम्बन्धमा पूर्वतयारीको अवस्थाका बारेमा प्रधानमन्त्री […]

पुरा पढ्नुहोस

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै | Sat Jul 11

काठमाडौं, असार २७ः कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको […]

पुरा पढ्नुहोस

म्याग्दीको पहिरोमा मृतकको सङ्ख्या २७ पुग्यो (भिडियो) | Sat Jul 11

म्याग्दी, असार २८ः म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । […]

पुरा पढ्नुहोस

खानेपानी विवादमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु | Sat Jul 11

डडेलधुरा, असार २७ः डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले वताउनु भयो । गएराती […]

पुरा पढ्नुहोस
1 2 3 4 5 532
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्