Business

दुइ कोरियाबीच सीमा क्षेत्रमा तनाव, दक्षिणविरुद्ध सैन्य कारवाही स्थगित गर्ने उत्तर कोरियाको निर्णय | Wed Jun 24

काठमाडौं, असार १०ः उत्तर कोरियाले दक्षिण कोरिया विरुद्ध जारी राखेको सैन्य कारवाही हाललाई स्थगित गर्ने भएको छ । पछिल्ला केही हप्तादेखि उत्तर कोरिया र दक्षिण कोरिया बीच सीमा क्षेत्रमा तनाव जारी छ । दक्षिण कोरियाले योजनावद्ध रुपमा समूह खटाएर प्रोपोगाण्डा गर्ने उद्देश्यले पर्चा छरेको उत्तर कोरियाको आरोप छ । दुई कोरिया बीचको गैरसैनिक क्षेत्रमा उत्तर कोरियाले […]

पुरा पढ्नुहोस

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी | Wed Jun 24

काठमाडौं, असार १०ः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा […]

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान | Wed Jun 24

काठमाडौं, असार १०ः बिभिन्न देशबाट नेपाली नागरिकहरुको उद्धार कार्यलाइ तिव्रता दिइएको छ । उद्धारका लागि उडान संख्या बढेसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान तथा अवतरणको संख्या बढेको छ । हिजो एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । हिजो १४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान […]

पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा | Wed Jun 24

काठमाडौं, असार १०ः सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । सुदूरपश्चिममा सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी […]

पुरा पढ्नुहोस

देशका स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै | Wed Jun 24

काठमाडौं, असार १०ः देशका स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७७/७८ का लागि को बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनमा प्रत्येक वर्ष असार १० गतेभित्र सवै स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्ने व्यवस्था छ । ऐनमा गरिएको ब्यवस्था अनुसार देशका सवै ७ सय ५३ वटै स्थानीय तहले आज बजेट सार्वजनिक […]

पुरा पढ्नुहोस

आजका तस्वीरहरुः | Tue Jun 23

ललितपुुरको टीकाभैरव क्षेत्रमा रोपाइँ गर्नका लागि खेत जोत्दै स्थानीय किसान । पेटभित्रै मरेको बच्चा शल्यक्रिया गरेर निकालेपछि अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी परेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया इन्दिरा विश्वकर्मालाई  थप उपचारका लागि हेलिकोप्टरमा दिक्तेलबाट काठमाडौँ लैजाने तयारी गरिँदै । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गमा मङ्गलबार बिहान पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि जाममा रोकिएका सर्वसाधारण […]

पुरा पढ्नुहोस

युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो | Tue Jun 23

काठमाडौं, असार ०९ः कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान […]

पुरा पढ्नुहोस

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट | Tue Jun 23

काठमाडौं, असार ०९ः कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका […]

पुरा पढ्नुहोस

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका तीन सदस्यलाइ कोरोना संक्रमण | Tue Jun 23

काठमाडौं, असार ०९ः इंग्ल्याण्ड भ्रमणका लागि घोषित पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई कोरोना संक्रमण देखिएपछी टोलीबाट बाहिर राखिएको छ । स्पीनर शदाब खान, युवा हैदर अली र हरिस राउफलाई कोरोना संक्रमण भएको पकिस्तान क्रिकेट बोर्डले जनाएको छ । युवा खेलाडी हैदर पहिलो पटक राष्ट्रिय टोलीमा समाबेश भएका थिए । पछिल्लो परिक्षणमा तीन खेलाडीको रिपोर्ट पोजेटिभ […]

पुरा पढ्नुहोस

तातोपानी नाका नियमित सञ्चालन | Tue Jun 23

काठमाडौं, असार ०९ः तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ । वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो […]

पुरा पढ्नुहोस
1 32 33 34 35 36 526
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्