Business

देशभरका क्वारेन्टाइनको सुधारसहित नियमित अनुगमन गर्ने सरकारको निर्णय | Fri Jun 19

काठमाडौं, असार ०५ः सरकारले मुलुकभर रहेका क्वारेन्टाइनको सुधार गर्दै नियमित अनुगमन गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनको अवस्थाका बारेमा टिकाटिप्पणी हुन थालेपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि(सिसिएमसी)ले क्वारेन्टाइनको अवस्था सुधार गर्दै प्रदेश सरकारले यसको नियमति अनुगमन र सहजीकरण गर्ने निर्णय गरेको हो । सिंहदरबारमा आज बसेको सिसिएमसी बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साता भित्र कोरोना […]

पुरा पढ्नुहोस

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै | Fri Jun 19

काठमाडौं, असार ०५ः प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो । नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ […]

पुरा पढ्नुहोस

बेलायतबाट गरिने उद्धार असार १० र १२ मा | Fri Jun 19

काठमाडौं, असार ०५ः कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ । उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक […]

पुरा पढ्नुहोस

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने, काठमाडौंमा ८८ प्रतिशत सूर्य ढाकिने | Fri Jun 19

काठमाडौं, असार ०५ः यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिनुभयो […]

पुरा पढ्नुहोस

नेकपा-नेका छलफल : कानूनमा विद्यमान व्यवस्थालाई नै निरन्तरता दिन कांग्रेसको सुझाव | Fri Jun 19

काठमाडौं, असार ०५: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका बारेमा छलफल गर्न काँग्रेसका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाउनुभएको थियो । प्रधानमन्त्रीले […]

पुरा पढ्नुहोस

कामपाको नीति तथा कार्यक्रम: महामारीबाट प्रभावित करदातालाई सहुलियत | Fri Jun 19

काठमाडौं, असार ०५ः काठमाडौँ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड-१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ । कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिनेजस्ता नीति […]

पुरा पढ्नुहोस

प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै | Fri Jun 19

काठमाडौं, असार ०५ः नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो । हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर […]

पुरा पढ्नुहोस

टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध | Fri Jun 19

काठमाडौं, असार ५ः जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक  हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याउनु भएको छ । ओलम्पिकको आयोजना र कोभिड-१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री आवेले टोकियो ओलम्पिकलाई सुरक्षित प्रतियोगिता बनाउन जापान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभएको छ । कोभिड महामारी पछि अब पुनर्संरचना सहित जापानको नव निर्माण […]

पुरा पढ्नुहोस

गलवानमा झडप पछि चीनीयाँ सेनाको नियन्त्रणमा रहेका “१० भारतीय सैनिक फिर्ता” | Fri Jun 19

काठमाडौं, असार ५ः भारत र चीनको सिमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबीचको झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका १० जना भारतीय सैनिक अधिकारीहरुलाई मुक्त गरिएको छ । झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका एक जना लेफ्टिनेन्ट कर्णेल र ३ जना मेजर सहित १० जनालाई चीनले भारतीय सेनाको जिम्मा लगाएको भारतीय सञ्चार […]

पुरा पढ्नुहोस

नेकपा र काँग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास | Fri Jun 19

काठमाडौं, असार ०५ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्‍मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारेमा छलफल गर्न काँग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनुभएको थियो […]

पुरा पढ्नुहोस
1 40 41 42 43 44 526
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्