Business

इकेर कासिलासको व्यवसायिक फुटबलबाट सन्न्यास | Wed Feb 19

काठमाडौं, फागुन ०७:फुटबलकोविश्वविजेता टोली स्पेनका गोलरक्षक इकेर कासिलासले व्यवसायिक फुटबलबाट सन्न्यास लिने बताएका छन् । कासिलासले अब व्यवसायिक फुटबल नखेल्ने बारेको जानकारी उनी आवद्ध रहेको क्लव पोर्टो स्पोर्ट्स क्लवलाई जानकारी गराइसकेका छन् । तर क्लवले भने उनको यो प्रस्तावमा निर्णय दिइसकेको छैन । प्रशिक्षणका क्रममा हृदयघात भएका कारण झण्डै एक बर्षदेखि व्यवसायिक फुटबल खेल्न नसकेका […]

पुरा पढ्नुहोस

चरा जस्तै उड्न सक्ने गरी मानिसमा पखेँटा जडान सफल | Wed Feb 19

काठमाडौं, फागुन ०७:मान्छेलाई हावामा चरा जस्तै गरी विचरण गराउन सकिने एउटा परियोजनाको सफल परीक्षण हालै दुवइमा गरिएको छ । जेट इञ्जिन जडित पखेंटाका बीचमा मानिस बसेर चरा जस्तै आकासमा उड्न सकिन्छ भनेर पहिलो पटक मानव उडान गरिएको हो । यस अघी तातो हावा भरिएको बेलुन, अल्ट्रा फ्लाइट तथा हवाइजहाज भित्र बसेर मानिस उडेको भएपनि खुला […]

पुरा पढ्नुहोस

फगानिस्तानको राष्ट्रपतिमा मोहम्मद असरफ घानी पुनः निर्वाचित | Wed Feb 19

काठमाडौं, फागुन ०७:अफगानिस्तानको राष्ट्रपति पदमा मोहम्मद असरफ घानी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै राष्ट्रपति घानी दोस्रो कार्यकालका लागि विजयी हुनु भएको घोषणा गरेको हो । राष्ट्रपति घानीले निर्वाचनमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राष्ट्रिय […]

पुरा पढ्नुहोस

म्याग्दीमा पाँच महिना मै पुल | Wed Feb 19

काठमाडौं, फागुन ०७:म्याग्दीमा तोकिएको समयभन्दा अगाडि नै एउटा झोलुङ्गे पुलको निर्माणसम्पन्न भएको छ । निर्माणकार्य सुरु भएको अवधिले १० महिनामा सक्नुपर्ने भए पनि स्थानीयको सक्रियतामा ५ महिनामै पुल निर्माण गरिएको हो । मंगला गाउँपालिका–२, काफलचौर र कोत्राबाङ जोड्ने भारबाङ खोलामाथि निर्धारित समयभन्दा अगावै झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । झोलुङ्गे पुल क्षेत्रगत […]

पुरा पढ्नुहोस

आंशिक प्राध्यापकको धर्नाले पढाइमा असर | Wed Feb 19

काठमाडौं, फागुन ०७:देशकै सबै भन्दा पुरानो मध्येको एक वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आंसिक प्राध्यापक विभिन्न माग राखि धर्ना बसेपछि विद्यार्थीको पढाइमा असर परेको छ ।  नेपाल आंसिक प्रध्यापक संघ ठाकुरराम काम्पस इकाइको अगुवाईमा ३२ जना आंसिक शिक्षक धर्ना बसेपछि विद्यार्थीको पढाइमा असरपरेको हो । विगत १४ वर्षदेखि अंसिक प्रध्यापकको रुपमा काम गर्दै आएका शिक्षकहरुलाई करारमा […]

पुरा पढ्नुहोस

स्ववियु निर्वाचन स्थगित | Wed Feb 19

काठमाडौं, फागुन ०७:विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो । विद्यार्थी सङ्गठनको सहमतिमै निर्वाचन स्थगित गरिएको उहाँल जानकारी दिनुभयो । उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा […]

पुरा पढ्नुहोस

७०औँ प्रजातन्त्र दिवस मनाइदै | Wed Feb 19

काठमाडौं, फागुन ७ः एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको […]

पुरा पढ्नुहोस

सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति | Tue Feb 18

राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उहाँले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको […]

पुरा पढ्नुहोस

हलो फुकुवा गर्ने प्रथाजन्य नीति रुकुम पूर्वमा कायमै | Tue Feb 18

काठमाडौं, फागुन ०६:हलो फुकुवा गर्ने प्रथाजन्य नीति रुकुम पूर्वमा कायमै छ । त्यसैले हिमाली जिल्ला रुकुम पुर्वमा आफु खुशी खनजोत गर्न पाइदैन । रुकुम पूर्वको पुथा उत्तरगंगा १० तकसेरामा अहिलेसम्म प्रथाजन्य नीति नियम मानिरहेका छन् । खेतबारीको बालीनाली घर भित्र्याए पछि मलजल गरि सबै गाउँलेहरुले काम सिध्याई सकेपछि मंसिर अन्तिम हप्ता देखि खनजोत गर्न निषेध […]

पुरा पढ्नुहोस

पाँचथरमा सडकको नियमित अनुगमन | Tue Feb 18

काठमाडौं, फागुन ०६:पाँचथरमा कालोपत्रे सडकको कामलाई गतिदिन नियमित अनुगमन हुँदैछ । समयमै सडक निर्माण गरी सर्बसाधरणले सहज यात्रा गर्ने वातावरण बनाउन जिल्ला समन्वय समिति र जिल्ला प्रसासनले अनुगमन बढाएको हो । अनुगमनसंगै सहरसंग गाउँलाइ जोड्ने कालोपत्रे सडकको काम तिब्र बनेको छ । यसक्रममा फिदिम नगरपालिका २ साम्दीनदेखि नवमीडाडाँ सडक खण्डमा नालि, ग्रावेल, वाल, कल्र्भट र […]

पुरा पढ्नुहोस
1 3 4 5 6 7 285
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्