Business

नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि | Wed Mar 25

काठमाडौं, चैत्र १२ः विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले हिजोका […]

पुरा पढ्नुहोस

कोभिड-१९ को संक्रमणः भारतमा देशव्यापी रुपमा लकडाउनको घोषणा | Wed Mar 25

काठमाडौं, चैत्र १२ः कोरोना भाइरस कोभिड-१९ को संक्रमणको गति घटाउन भारतले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिभिजनमार्फत् सम्बोधन गर्दै आगामी २१ दिनका लागि लकडाउनको घोषणा गर्नुभएको हो । लक डाउनमा नागरिकहरुलाई घर बाहिर आउन पूर्ण रुपमा बन्देज लगाइएको छ । प्रधानमन्त्री मोदीले संकटको घडीमा नागरिकहरुलाई त्रसित नहुन आग्रह गर्नुभएको छ […]

पुरा पढ्नुहोस

बाँकेमा क्‍वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा | Wed Mar 25

काठमाडौं, चैत्र १२ः नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्‍वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोट पुगेको पाइएको छ । उनीहरु जाजरकोटको भेरी नगरपालिकाको वडा नं ११ पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नेपालगञ्ज बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनबाट निस्केर उनीहरु फरार भएका थिए । क्‍वारेन्टाइनबाट निस्केर हिंडेका मध्ये केही शिवालय जुनिचाँदेमा समेत प्रवेश गरेको पाइएको छ । […]

पुरा पढ्नुहोस

कोरोनाको जोखिम नियन्त्रणमा लगाइएको आवागमन प्रतिबन्धको आज दोश्रो दिन | Wed Mar 25

काठमाडौं, चैत्र १२ः कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रणका लागि सरकारले लगाएको आवागमन प्रतिबन्धको दोश्रो दिन आज पनि काठमाण्डौ उपत्यका लगायत देशभर विहानैबाट पालना भएको छ । सार्वजनिक सवारी पूर्णरुपमा बन्द छन् भने सडकमा सर्वसाधारणको आवत जावत पनि बन्द छ । तर अत्यवश्यक सेवाका केही सवारी साधन चलेका छन् । त्यसैगरी अत्यवश्यक सेवामा खटिएका ब्यक्तिहरु […]

पुरा पढ्नुहोस

सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाइ सरकारले उद्धार गरी क्‍वारेण्टाइनमा राख्‍ने | Wed Mar 25

काठमाडौं, चैत्र १२ः भारततर्फबाट आएर सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाइ सरकारले उद्धार गरी क्वारेण्टाइनमा राख्ने भएको छ । नेपाल भारतको विभिन्न सीमानाकासम्म आएर रोकिएकाहरुलाइ उद्धार गरिने भएको हो । यसक्रममा भारतबाट आएर विराटनगरमा अलपत्र परेका ३९ जनालाई मोरङको लेटाङस्थित क्वारेण्टाइनमा लगिने भएको छ । विभिन्न साधन प्रयोग गरेर नेपाली सिमासम्म आएका २७ जना जोगबनी सिमानाकामा अलपत्र […]

पुरा पढ्नुहोस

कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउनु नपर्ने | Wed Mar 25

काठमाडौं, चैत्र १२ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउनु नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो । उहाँले हालसम्म […]

पुरा पढ्नुहोस

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु | Tue Mar 24

काठमाडौं, चैत्र १२ः विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ […]

पुरा पढ्नुहोस

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी | Tue Mar 24

काठमाडौं, चैत्र ११ः नयाँ कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु […]

पुरा पढ्नुहोस

रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलनः मन्त्री ढकाल | Tue Mar 24

काठमाडौं, चैत्र ११ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौँ । कहाँ कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पोशाक केही प्राप्त भएका छन् ।’’ […]

पुरा पढ्नुहोस

सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्री राउतको आग्रह | Tue Mar 24

काठमाडौं, चैत्र ११ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले जारी गरेको लकडाउनको निर्देशन अक्षरशः पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै महामारी विरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै तिनलाई पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको हो । […]

पुरा पढ्नुहोस
1 4 5 6 7 8 357
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्