News

विभिन्न जिल्लाका प्रजिअको सरुवा | Mon Jun 1

काठमाडौं, जेठ १९ः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ४४ कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको हो । मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार सुर्खेतका प्रजिअ रमेश न्यौपानेलाई पाल्पाको प्रजिअमा सरुवा गरिएको छ । पाल्पाका प्रजिअ […]

पुरा पढ्नुहोस

कोरोना संक्रमण बढ्दैः थप २३९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो | Mon Jun 1

काठमाडौं, जेठ १९ः नेपालमा आज थप २३९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १८११ पुगेको छ । यो समाचार तयार पार्दासम्म देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । एकैदिनमा देखिएको यो संख्या हालसम्म कै उच्च हो । आज […]

पुरा पढ्नुहोस

कोरोनासँग जुध्नका झण्डै ३० अर्ब रुपैयाँ बराबरको ऋण सहयोग | Mon Jun 1

काठमाडौं, जेठ १९ः एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गर्नुभयो । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो । सो ऋण रकम […]

पुरा पढ्नुहोस

घुस लिएको अभियोगमा मुद्दा | Mon Jun 1

काठमाडौं, जेठ १९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट […]

पुरा पढ्नुहोस

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम– अनुसन्धान | Mon Jun 1

काठमाडौं, जेठ १९ः उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ […]

पुरा पढ्नुहोस

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कर्फ्यु , हजारौं गिरफ्तार | Mon Jun 1

काठमाडौं, जेठ १९ः थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कर्फ्यु  आदेश जारी गरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका […]

पुरा पढ्नुहोस

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी | Mon Jun 1

काठमाडौं, जेठ १९ः सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ । विश्वव्यापी महामारीका रुपमाफैलिको कोभिड–१९ का कारण सिथिल बनेको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि बजेटमा भएको व्यवस्थाप्रति सङ्घले विज्ञप्ति निकालेर सरकारलाई धन्यवाद दिएको हो । सरकारले […]

पुरा पढ्नुहोस

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप | Mon Jun 1

काठमाडौं, जेठ १९ः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड-१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पुर्‍याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०७७’ माथिको सैद्धान्तिक छलफलका क्रममा उक्त पार्टीका सांसदले बजेट प्रभावितलाई सम्बोधन गर्नाको साटो अन्यत्रै परिचालन गरिएको टिप्पणी गर्नुभयो […]

पुरा पढ्नुहोस

‘कोरोनाबाट आक्रान्त जनजीवनलाई सामान्यीकरण गर्नेतर्फ बजेट केन्द्रितः अर्थमन्त्री | Mon Jun 1

काठमाडौं, जेठ १९ः अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड-१९ ले ल्याएको जोखिम न्युनिकरण गरी जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई सामान्यीकरण गर्नेतर्फ आर्थिक वर्ष २०७७-०७८ को बजेट केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आव २०७७-०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा खतिवडाले कोभिड–१९ पछिको अनिश्चितताको […]

पुरा पढ्नुहोस

अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसद्‍मा | Mon Jun 1

काठमाडौं, जेठ १९ः प्रतिनिधिसभाको आजको बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७’ प्रस्तुत भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो । अध्यादेश निष्क्रिय हुनुअगावै सो अध्यादेशले जगाएको ऐनको साविककै कानूनी व्यवस्था कायम गरी निरन्तरता दिनुपर्ने भएकाले अध्ययादेशको […]

पुरा पढ्नुहोस
1 2 3 451
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्