News

एशिया-११ टोलीमा सन्दीपको नाम | Wed Feb 26

काठमाडौं, फागुन १४ः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीको अवसरमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजमा खेल्ने भएका छन् । मार्च १८ र २१ मा ढाकामा हुनेसिरिजमा खेल्ने एशियाली खेलाडीहरुको छनौट गरी बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको एशिया-११ टोलीमा सन्दीप पर्न सफल भएका हुन् । एशिया-११ टोलीले विश्व […]

पुरा पढ्नुहोस

इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोनाको सङ्क्रमण | Wed Feb 26

काठमाडौं, फागुन १४ः कोरोना भाइरसको सङ्क्रमण फैलिएको इरानका उप–स्वास्थ्य मन्त्रीलाई पनि भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकारले ट्वीट गर्दै कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्रीलाई भाइरसको सङ्क्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । […]

पुरा पढ्नुहोस

पाल्पामा खानेपानीको सुविधा | Wed Feb 26

काठमाडौं, फागुन १४:पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक घर एक धारा अभियान अन्तरगत वडा नं ७ को सिंगो गाउँमा खानेपानीको सुविधा पुर्याएको छ । घर घरमा खानेपानी सुविधा भएसंगै स्थानीयलाई दुईघण्टा लगाएर खानेपानी बोक्नुपर्ने बाध्यता घटेको छ भने पानी बोक्न नपरेपछि स्कुले बालवालिकाको शिक्षाको गुणस्तरमा समेत बृद्धि भएको छ ।  नेपाल सरकारको एक घर एक धारा निती […]

पुरा पढ्नुहोस

म्याग्दीमा हिमपातले फेरि जनजीवन प्रभावित | Wed Feb 26

काठमाडौं, फागुन १४: म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा […]

पुरा पढ्नुहोस

दिल्लीमा एक दशक यताकै हिंसात्मक प्रदर्शन, १३ को मृ्त्यु | Wed Feb 26

काठमाडौं,  फागुन १४ः भारतमा गत बर्ष जारी भएको नागरिकता ऐनको प्रावधानलाई लिएर राजधानी नयाँ दिल्लीमा आइतवार देखि भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दिल्ली राज्य सरकारले एक दशक यताकै हिंसात्मक भनेको प्रदर्शनका क्रममा भौतिक संरचनामा तोडफोड र कयौं सवारी साधनमा पनि आगजनी भएको छ ।पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भारत गएका गैर-मुस्लिम आप्रवासीहरुलाई […]

पुरा पढ्नुहोस

मौसममा बदली, अझै केहीदिन पानी पर्ने | Wed Feb 26

काठमाडौं, फागुन १४ः पश्चिमी न्यून चापीय वायुको प्रभावले अझै केहीदिन पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रि–मनसुनको पूर्वावस्था भएकाले पनि मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन […]

पुरा पढ्नुहोस

चीनसंग आयात निर्यात रोकिए पछि रसुवा भन्सारको राजश्व शून्य | Wed Feb 26

काठमाडौं फागुन १४ः चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर रसुवा भन्सार कार्यालयको राजश्व असुलीमा पनि नराम्ररी परेको छ । सामान आयात निर्यात बन्द भएसंगै रसुवा भन्सार कार्यालयको राजश्व अशुलीको अवस्था सुन्यमा झरेको छ । चीनमा कोरना भाईरसको संक्रमण बढेसंगै रसुवागढी नाकाबाट हुने आवतजावत बन्द भएकाले राजश्व अशुली सुन्य भएको हो । माघ महिनासम्म यार्डमा रहेका […]

पुरा पढ्नुहोस

विशेषज्ञ सेवा नभएपछि जाजरकोट अस्पतालमा विरामी जानै छोडे | Wed Feb 26

काठमाडौं, फागुन १४ः जाजरकोटको जिल्ला अस्पतालमा कुनै पनि बिशेषज्ञ सेवाको सुबिधा उपलब्ध नहुँदा विरामी समस्यामा पर्ने गरेका छन् । ५० शैय्याको अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा पाउन छोडेपछि अस्पताल पुग्ने बिरामीको संख्या घट्दो छ । अस्पतालले विशेषज्ञ चिकित्सक र सुविधा दिन नसक्दा यहाँका स्थानीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । नीतिगत रुपमा जिल्ला अस्पताललाई १५ […]

पुरा पढ्नुहोस

पुर्व राजपरिवारको सम्पत्तिबारे नेपाल ट्रष्टको स्वेतपत्र | Wed Feb 26

काठमाडौं, फागुन १४ः नेपाल ट्रष्टको कार्यालयले ट्रष्ट अन्तर्गत रहेका सम्पति कहाँ, के कति, कुन अवस्थामा छ  र त्यसको व्यवस्थापन र उपयोग कसरी भइरहेको छ भन्ने विषयमा स्वेतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक तथ्य अनुसार नेपाल ट्रष्टसंग हालसम्म  ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौंमा मात्र रहेको छ भने बाँकि जग्गा  काठमाडौं वाहेक अन्य ११ जिल्लामा […]

पुरा पढ्नुहोस

प्रहरीमा समायोजनको औपचारिक प्रक्रिया शुरु | Wed Feb 26

काठमाडौं, फागुन १४ः सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको छ । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवसमेतको सहभागितामा हिजो बसेको बैठकबाट औपचारिक प्रक्रिया थालनी गरिएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । प्रहरी समायोजनको काम विधि र प्रक्रियाअनुसार सकेसम्म छिटो टुङ्ग्याउने गृह मन्त्रालयको योजना […]

पुरा पढ्नुहोस
1 2 3 292

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्