News

हुम्लामा हिमपातले परीक्षार्थीलाई समस्या | Tue Feb 4

काठमाडौं, माघ ०८:हुम्लामा लगातारको हिमपातले एसइईको परिक्षाको तयारीमा रहेका विद्यार्थिलाइ अप्ठेरो परेको छ । हिमपातसंगै अत्याधिक चिसो बढेकाले समस्या परेको हो । हुम्लामा मंसिर महिना यतामात्र पाँचौँ पटक हिमपात भई सकेको छ । चिनको सिमासंग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारि हिमपात भएपछि एक गाउँबाट अर्को गाउँ आवतजावतमा समस्या भएको छ । नाम्खा गाउँपालिकाको जाङ,तिल,हल्जी,यारी, […]

More

राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडामा | Wed Jan 29

काठमाडौं, माघ ०८:बेलायती राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडा पुग्नु भएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो । ह्यारी पत्नी मेगन छोरा आर्चीसँग केही समय अघि देखि नै क्यानडामा रहँदै आउनु भएको थियो ।  उहाँहरूले क्यानडा र बेलायतमा समय बिताउनु हुनेछ । त्यसकै […]

More

इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई १३ वर्ष जेल सजाय | Wed Jan 29

काठमाडौं, माघ ०८:घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि मङको अवस्थाबारे सर्वत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले […]

More

रसुवा भन्सारबाट ७ अर्ब ३३ करोड राजस्व संकलन | Wed Jan 22

काठमाडौं, माघ ०८:रसुवा भन्सार कार्यालय टिमुरेले आर्थिक बर्ष ०७६/७७ को छ महिनाको अबधिमा वार्षिक लक्ष्यको ७८ प्रतिशत राजस्व संकलन गरेको छ । यो वर्ष ९ अर्ब ३५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यलयले पुस मसान्तसम्ममा ७ अर्ब ३३ करोड राजस्व संकलन गरिसकेको छ । पुस मसान्त सम्ममा भन्सार कार्यालयले ५ अर्ब १४ करोड […]

More

आठौं चरणका खेल आजबाट शुरु हुँदै | Wed Jan 22

काठमाडौं, माघ ०८:शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल आजबाट शुरु हुँदैछ । आज हुने एकमात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब मच्छिन्द्र क्लवका विरुद्ध खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ । सातौँ चरणका खेलहरू सकिँदासम्म त्रिभुवन आर्मी क्लब १६ अंक सहित शीर्ष स्थानमा छ । समान १३ अंक जोडेका […]

More

राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश | Wed Jan 22

काठमाडौं, माघ ०८:शीर्ष वरीयताका टेनिस खेलाडी राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले बोलिभियाका ह्युगो डेलिनलाई ६–२, ६–३ र ६–० को सोझो सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् । नाडालले अब आगामी खेल अर्जन्टिनाका फेडेरिका डेलबोनिस वा पोर्चुगलका जोअआ सुसाविरुद्ध खेल्नेछन् । त्यस्तै महिला सिंगल्सतर्फ १२औँ वरियताकी खेलाडी जोहाना कोन्टा […]

More

नेपाल-भारतबीचका थाती रहेका विषय कूटनीतिक संवादबाट -प्रम | Wed Jan 22

काठमाडौं, माघ ०८:प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सार चौकीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन […]

More

सुनकोशी–तेस्रो विद्युत् आयोजना निर्माण प्रक्रियाको अन्तिम चरणमा | Wed Jan 22

काठमाडौं, माघ ०८:सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउने तयारी गरेका छन् । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने छ । ऊर्जा, जलस्रोत […]

More

एकीकृत जाँच चौकीको शुभारम्भ | Tue Jan 21

काठमाडौं, माघ ०७:प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार […]

More

सभामुखमा नेकपाका अग्नी सापकोटाको उमेद्वारी दर्ता | Tue Jan 21

काठमाडौं, माघ ०७: प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिलेसम्म नेकपाका तर्फबाट अग्नीप्रसाद सापकोटाले सभामुखमा उमेद्वार दर्ता गर्नुभएको छ । यही माघ १२ गते आइतबार हुने  तय भएको निर्वाचनका लागि अहिले ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आजै अपराह्न २ […]

More
1 2

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE